गृहपृष्ठ नदीमा बगेर महिलाको मृत्यु

नदीमा बगेर महिलाको मृत्यु

dubera-newskarobar सांकेतिक तस्बिर ।

 

सुर्नया नदीमा बगेर शुक्रबार बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–४ बगारकी ३५ वर्षीया सकुन्तला महता रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

शिवनाथ गाउँपालिका–२ बारसी भन्ने ठाउँमा घाँस काट्न जान नदी तर्ने क्रममा बगेर उनी आज बिहान बेपत्ता भएकी थिइन् । उनको शव बगेको ठाउँबाट करीब ७०० मिटर तल नदी किनारमा मध्याह्न भेट्टिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु