गृहपृष्ठ विराटनगरमा बीभत्स अवस्थामा युवतीको शव भेटियो

विराटनगरमा बीभत्स अवस्थामा युवतीको शव भेटियो

sab-newskarobar

 

विराटनगर महानगरपालिका–१४, जतुवामा एक युवतीको शव नग्न अवस्थामा भेटिएको छ । जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा अन्दाजी २२ वर्षीया युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

स्थानीयबासीले दिएको सूचनापछि पुगेको प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको छ । तराई मूलको जस्तो देखिने शवको हालसम्म सनाखत हुन नसकेको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु