गृहपृष्ठ भीरकोटका वडाध्यक्षकोे उदाहरणीय काम : दलित समुदायलाई पञ्चेबाजा

भीरकोटका वडाध्यक्षकोे उदाहरणीय काम : दलित समुदायलाई पञ्चेबाजा

स्याङ्जाको भीरकोट नगरपालिकाको ९ नम्बर वडाले दलित समुदायलाई पञ्चेबाजाको व्यवस्था मिलाएको छ । वडानम्बर–९का अध्यक्ष भीमबहादुर गुरुङले लोपहुन लागेको पञ्चेबाजाको संरक्षण र समुदायको रोजगारीक लागि आफूले सहयोग गरेको बताए ।

‘लोप हुने अवस्थामा रहेका कारण त्यसको संरक्षण गर्ने उद्देश्यले दलित समुदायलाई एक लाख पचास हजार बराबरको पञ्चेबाजा सहयोग गरिएको हो,’ वडाध्यक्ष गुरुङले भने, ‘दलित समुदायले रोजगारीको माग गरेपछि सहयोग गरेका हौ ।’

बाजा बजाउने पेशा अँगाल्दै आएको वडा नम्बर–९ का दलित समुदाय पेशाबाट विस्थापित हुने अवस्थामा थिए । उनीहरुलाई सहनाई, कर्नाल, दमाहा, झ्याली, ट्याम्को, ढोलक र नरसिंहा प्रदान गरिएको छ ।

विगतदेखि नै विवाह वर्तबन्ध उत्सव तथा चाडपर्वमा भीरकोट–९का दलित समुदायले पञ्चेबाजा र नौमति बाजा बजाएर आफ्नो पेशा र संस्कृति धान्दै आएका छन् ।

प्रकाशित समय ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु