गृहपृष्ठ बन्दले बुटवलको जनजीवन प्रभावित

बन्दले बुटवलको जनजीवन प्रभावित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दले बुटवलको जनजीवन प्रभावित भएको छ । बुटवलमा लोमो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । सवारी साधन नचल्दा यात्रु अलपत्र परेका छन् ।

विद्यालय तथा कलकारखानासमेत बन्द भएका छन् । नेकपाका कार्यकर्ताले बिहानैदेखि त्रास सिर्जना गरेका कारण बजार तथा पसल पनि बन्द छन् । बन्दका कारण बिरामीको पनि बिजोग भएको भएको छ । आफ्ना नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै नेकपाले बन्द आह्वान गरेको हो ।

प्रकाशित समय १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु