गृहपृष्ठ विवादित दुर्गा प्रसाईको अस्पतालको हर्कत : १५ लाख बुझेर अचेत अवस्थामै बिरामी डिस्चार्ज

विवादित दुर्गा प्रसाईको अस्पतालको हर्कत : १५ लाख बुझेर अचेत अवस्थामै बिरामी डिस्चार्ज

बंगलादेशमा पढ्ने छात्रा र डा. गोविन्द्र केसीका विषयमा विभिन्न टिप्पणी गरेर विवादित बनेका दुर्गा प्रसाई अर्को काण्डबाट फेरी चार्चामा आएका छन् । प्रसाईले अस्पताल र मेडिकल कलेजमा छ अर्ब लगानी गरेको बताउँदै आएपनि झपा विर्तामोडस्थित उनको बी एन्ड सी अस्पचालले केही लाखमा कुरा नमिलेका कारण आइसियुमा राखिएका एक विरामीलाई डिस्चार्ज गरेको छ ।

उपचार खर्च सोचेभन्दा धेरै उठेको र उपचार गराइ सकेपछि समेत गाह्रो हुने अवस्था रहेको बताएपछि इलामको रोङ गाउँपालिका–४का ३३ वर्षीय अरुण तामाङलाई मंगलबार अस्पतालले डिस्चार्ज दिएको हो ।

उपचार खर्च धेरै उठेको भन्दै पीडितको गुनासो सञ्चार माध्यममा आएपछि अस्पतालले मंगलबार बिरामीका आफन्तलाई बोलाएर अचेत अवस्थामै तामाङलाई डिस्चार्ज दिएको भाइ उमेश तामाङले बताए ।

‘डिस्चार्ज दिएपछि अचेत अवस्थामै घर लिएर आएका छौं,’ बिरामीका भाइ उमेश तामाङले भने, ‘अचेत अवस्थामा घरल्याउँदा समेत उपचार खर्चबापत झण्डै १५ लाख रुपैयाँ बुझाउनुप¥यो ।’ अर्का भाइ देवेन्द्र तामाङले १७ दिनमा अस्पतालमा १० लाख ५० हजार र औषधि बापत फार्मेसीमा ४ लाख २३ हजार रुपैयाँको बिल उठेको बताए ।

‘सुरुमा ३ लाख पाँचहजार रुपैयाँ डिपोजिट गरेका थियौं, डिस्चार्ज दिँदा थप ७ लाख ४९ हजार गरी १० लाख ५० हजार रुपैयाँ अस्पताललाई बुझाएका छौं,’ देवेन्द्रले भने, ‘फार्मेसीमा एकलाख ८७ हजार रुपैयाँ बुझायौं, अझै दुइलाख ३६ हजार रुपैयाँ बुझाउन बाँकी रहेको छ ।’

साउन १३ गते घर फर्कंदै गर्दा झापाको बर्नेमा मोटरसाइकल दुर्घटनामा परेका अरुणको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । अरुणलाई दुर्घटना भएकै साँझ बीएन्डसी अस्पचालमा भर्ना गरिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने आफन्तकै इच्छामा डिस्चार्ज दिएको बताए । ‘अस्पतालमा ल्याउँदा बिरामी बाँच्ने अवस्था १० प्रतिशत मात्रै थियो, हामीले कडा उपचार गरेर अहिले ५० प्रतिशत सुधार गरेका थियौं,’ प्रसाईले भने, ‘उनका आफन्तले नै पैसा छैन । हामी तिर्न सक्दैनौं भनेपछि हामीले डिस्चार्ज दिएका हौं ।’

प्रकाशित समय १०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु