गृहपृष्ठ अस्ट्रेलिया जाने तयारीमा रहेकी युवतीकाे हत्या

अस्ट्रेलिया जाने तयारीमा रहेकी युवतीकाे हत्या

scooter-newskarobar

 

एक सातापछि अष्ट्रेलिया जान लागेकी एक युवतीको उनकै प्रेमीले हत्या गरेका छन् । मोरङको ग्रामथान गाँउपालिका ३ सिद्राहामा २३ वर्षीया युवतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको हो ।

शुक्रबार विराटनगरबाट पूर्वतर्फ घुम्न जाने क्रममा शिखा घिमिरेको उनकै प्रेमी ३० वर्षिय दिनेश भट्टराईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङका प्रहरी उपरीक्षक (एसपी) मनोज केसीका अनुसार दुवैजना घुम्न जाने क्रममा बिहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए ।

सोही क्रममा भट्टराईले घरेलु हतियार प्रहार गरेर घिमिरेको हत्या गरेका हुन् । हत्या गरेर शव नहरको डिलमा फालेर भाग्न खोज्दै गर्दा उनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

पक्राउ गर्ने क्रममा ती युवकले स्थानीय बासिन्दालाई समेत हतियारसहित प्रहार गर्न खोजेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुई जना प्रेमीप्रेमीका भएको खुलेको छ । दुवैबिच पे्रम सम्बन्ध रहेको र युवतीले धोका दिन खोजेको आशंकामा युवकले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी केसीले बताए ।

प्रहरीका अनुसार हत्या गरिएकी युवती एक सातापछि अष्ट्रेलिया जाने तयारीमा थिइन् । युवतीको अनुहार, घाँटी, पेटमा धारिलो हतियार दाउ प्रहार गरेर विभत्स ढंगले हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु