गृहपृष्ठ सेक्स टोयको प्रयोग, प्रयोगकर्ता र बजार बढ्दै

सेक्स टोयको प्रयोग, प्रयोगकर्ता र बजार बढ्दै

नेपालमा ३५–४० वर्षकाले यसको बढी प्रयोग गर्छन्

sex-toys-newskarobar

प्राकृतिक सेक्सको विकल्पको रुपमा निर्मित ‘सेक्स टोय’को प्रयोग नेपालमा पनि बढ्दो छ । सेक्स टोयको प्रयोगको चेतना वृद्धि तथा शारीरिक आवश्यकताको कारण यसको प्रयोग बढेको नेपाल कन्डम हाउसका सञ्चालक युवराज न्यौपानेले बताउँछन् ।

यकिन रुपमा भन्न नसकिए पनि नेपालमा यसको प्रयोगको सुरुवात २०६४/६५ सालबाट भएको मानिन्छ । अर्थात्, नेपालमा सेक्स टोय प्रयोग हुन सुरु भएको एक दशक बितिसकेको छ । ११ वर्षदेखि सेक्स टोय बिक्री गर्दै आएका ‘दि कान्तिपुर कन्डम हाउस’का सञ्चालक समिर बोहोराका अनुसार पहिलेको तुलनामा यसका प्रयोगकर्ता बढेका छन् । जसका कारण व्यापारमा समेत वृद्धि भएको छ ।

‘पहिले असाध्यै गाह्रो थियो अहिले सजिलो छ,’ बोहोराले न्युज कारोबारसँग भने । सेक्स टोयका धेरैजसो प्रयोगकर्ताले ‘होम डेलिभरी’को माग गर्ने गरेको उनले बताए ।

प्रयोगमा वृद्धि भए पनि यसका प्रयोगकर्ता अझैसम्म खुल्न सकेका छैनन् । नेपाली समाजले ‘सेक्स’लाई हेर्ने दृष्टिकोणका कारण यसका प्रयोगकर्ता अझैसम्म खुल्न नसकेको धेरैको अनुभव छ ।

खासगरी विकसित र यौनको मामिलामा तुलनात्मक रुपमा खुला मानिएका मुलुकहरुमा सेक्स टोयका प्रयोगकर्ता बढी छन् । नेपालमा यसका प्रयोगकर्ताको संख्या विस्तारै बढ्दै गए पनि खुलेर प्रयोग गर्नेहरुको संख्या भने अझै न्यून छ । समाजिक रुपमा गोप्य राखेर सेक्स टोय प्रयोग गर्न यसका प्रयोगकर्ता चाहन्छन् ।

समाज तथा साथीसँग खुलेर यस सम्बन्धमा कुरा गर्न लाज मान्ने अवस्थाको अन्त्य अझैसम्म हुन सकेको छैन । शिक्षाको कमी, संकीर्ण सोच र सेक्सलाई गलत रुपमा बुझ्ने कारणले भूमिका खेलेको र सोही कारण प्रयोगकर्ता खुल्न नसकेको नेपाल कन्डम हाउसका सञ्चालक न्यौपाने बताउँछन् ।

 

के हो सेक्स टोय ?
सेक्स टोय कृत्रिम यौन अंग हो । व्यस्त दैनिकीमा यौन साथी नभएको बेला यौन चाहना सजिलै पूरा गर्न सकुन् भन्ने उद्देश्यले सेक्स टोयको निर्माण गरिएको हो । सेक्स टोय महिला तथा पुरुषको यौन अंगको दुरुस्तै हुन्छ । जसरी प्राकृतिक सेक्स गर्न सकिन्छ, सेक्स टोयमा पनि यसरी नै प्रयोग गर्न सकिने सुविधा हुन्छ । आफ्नो चाहना र आवश्यकताअनुसार सेक्स टोय बजारमा पाइन्छ । यो विशेषतः व्यस्त दैनिकी भएकाहरुका लागि याैनको उत्तम विकल्प हो ।

 

सेक्स टोयप्रतिको सोच
नेपालमा सेक्स टोयलाई हेर्ने दृष्टिकोण सकारात्मक नभए पनि विकसित मुलुकमा भने यसको प्रयोगमा संकुचन पाइँदैन । सेक्स टोयलाई विकसित मुलुकका मानिसले सहज वातावरणमा नै एक प्राकृतिक सेक्सको विकल्पको रुपमा यसको प्रयोग गर्छन् ।

नेपालमा सेक्स टोय प्रयोग गर्नुलाई राम्रो नजरले हेरिँदैन भन्ने मानसिकता यसका प्रयोगकर्तामा छ । यहाँका पढेलेखेका तथा जानेबुझेका मानिसले नै सेक्सको विषयमा खुलेर बहस तथा छलफल गर्न हिच्किचाउँछन् ।

हाम्रो समाज पुरुषवादी सोच र चिन्तनले ग्रस्त भएकाले पनि सेक्सको विषयमा खुल्न नसकेको विद्वानहरु बताउने गर्छन् । सेक्स संसारका सबै जीवित प्राणीलाई आवश्यक कुरा हो । सेक्स नै संसारको एउटा सुखद क्षणको कारक हो तर पनि मानिसको शिक्षा, चेतना तथा अनुदार कार्य शैलीका कारण सेक्सको विषयमा संकीर्णता छ ।

 

बजारमा पाइने सेक्स टोय
विश्वबजारमा जस्तै नेपाली बजारमा पनि विभिन्न किसिमका सेक्स टोय उपलब्ध छन् । नेपाली बजारमा १०-१२ साइजको सेक्स टोय पाइन्छ । सेक्स टोयको प्रकार एउटै भए पनि यसको साइज, गुणस्तर र निर्माण कम्पनी फरक हुन्छ ।

नेपाली बजारमा दुई हजारदेखि २५ हजारसम्मका सेक्स टोय उपलब्ध रहेको विक्रेता बताउँछन् । प्रयोगकर्ताको आवश्यकता, चाहना र क्षमताअनुसारको सेक्स टोय नेपाली बजार पाइन्छ । पाँच सात हजारको सेक्स टोय नेपाली प्रयोगकर्ताको मुख्य रोजाइमा पर्ने गरेको उनीहरुको अनुभव छ ।

चीन, जापान, जर्मनी, मलेसियालगायत देशमा निर्मित सेक्स टोय नेपाली बजारमा प्रयोगकर्ताले आफ्नो चाहना र आवश्यकताअनुसारको साइज र कम्पनीको छनोट गर्न सक्छन् ।

 

नेपाली प्रयोग कर्ता
सेक्स टोयको प्रयोग आवश्यकताअनुसार सबैले गर्ने भए पनि नेपाली बजारमा अधिकांश ३५-४० वर्ष उमेर समूहकाले यसको बढी माग गरेको विक्रेता बताउँछन् । टिन एजर (किशोरावस्था) का युवायुवतीले सेक्स टोय बढी प्रयोग गर्ने कुरा सञ्चालक स्वीकार गर्दैनन् ।

कन्डम हाउनका न्याैपाने भन्छन्, ‘टिन एजरका युवा अस्थायी साधन प्रयोग गर्न त डराउँछन् कसरी सेक्स टोय प्रयोग गरून् । टिन एजरले यसको बढी प्रयोग गर्छन् भन्नु गलत हो ।’ उनका अनुसार यसको प्रयोग अनुभवी र सामाजिक प्रतिष्ठा भएकाले बढी गर्छन् ।

सामाजिक रुपमा प्रतिष्ठित व्यक्तिले जो सेक्सका लागि अन्य व्यक्तिको विकल्प खोज्न चाहँदैनन् उनीहरुले यसको बढी माग गर्ने उनको अनुभव छ । सेक्स टोयको प्रयोग विदेश जानेहरुले बढी गर्ने गरेको कन्डम हाउसका सञ्चालकहरु बताउँछन् ।

श्रीमान् विदेश जाने र श्रीमती घरमा हुने हुँदा श्रीमान् र श्रीमती दुबैले सेक्स टोयको प्रयोग गर्ने गरेका हुन् । सेक्स टोयको प्रयोग महिला-पुरुष सबैले उत्तिकै अनुपातमा गर्न थालेका छन् । केही प्रयोगकर्ता आफैं आएर किन्छन् भने धेरै जसो भने होम डेलिभरी चाहन्छन् ।

 

सेक्स टोयको असर
सेक्स टोय प्राकृतिक सेक्सको विकल्प हो । यसको प्रयोगले खासै असर नपर्ने नेपाल कन्डम हाउसका सञ्चालक न्यौपानेले बताउँछन् । ‘सेक्स मानिस तथा जीवित प्राणीको अनिवार्य आवश्यकता हो । यो कुनै लत हैन, यो संसारको सबैभन्दा सुखद पक्ष हो,’ उनले भने ।

त्यसैले सचेत तरिकाले प्रयोग गर्दा यसको प्रयोगले कुनै असर नपर्ने उनीहरु बताउँछन् । मानवीय संवेदनामा यसले कुनै किसीमको असर पार्दैन । सेक्स टोय शारीरिक तथा मानिस अशक्तहरुले बढी प्रयोग गर्न थालेका छन् ।

 

सेक्स टोयको फाइदा
१. सामाजिक अपराधमा नियन्त्रण,
२. महिलामाथि हुने यौनजन्य हिंसामा कमी,
३. यौन आवश्यकताको परिपूर्तिमा सहज,
४. यौन विकृति नियन्त्रणमा सहयोगी,
५. यौन रोगबाट बच्ने सजिलो तरिका
७. पारिवारिक सुख

प्रकाशित समय १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु