गृहपृष्ठ बाजुरामा घर भत्किँदा एक महिलाको मृत्यु, दर्जनौं बस्ती पहिरोको जोखिममा

बाजुरामा घर भत्किँदा एक महिलाको मृत्यु, दर्जनौं बस्ती पहिरोको जोखिममा

death-newskarobar सांकेतिक तस्बिर

 

बाजुराको बुढीगंगा नगरपालिका-१, मल्लाकुणीमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । घर भत्किँएर च्यापिदा ४५ वर्षीया कला परीको मृत्यु भएको हो ।

शुक्रबार राति परेको वर्षाले नन्दे परीको घर भत्किएर कलाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहाेराले बताए । सोही वडामा अन्य तीनवटा घर भत्किएको तर मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक बोहोराले बताए ।

यस्तै अन्य ठाउँमा पनि पहिरोले घरमा क्षति भएको र दर्जनौं बस्ती पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण साँफे मार्तडीमा सडक पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रकाशित समय ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु