गृहपृष्ठ गुडिरहेको बसभित्रै एक व्यक्तिको मृत्यु

गुडिरहेको बसभित्रै एक व्यक्तिको मृत्यु

काठमाडौंबाट जाजरकोट जाँदै गरेको ना. ४ ख ८१२० नम्बरको बसमा सवार एकजना यात्रुको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–३, रुकुमका करिब ४० वर्षीय नरेन्द्र बोहोराको गुडिरहेको बसभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

बोहोरा लामो समयदेखि बिरामी भएको र औषधोपचारपछि निको नभएर घर फर्किरहेका बेला कालगतीले नै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले मृतकका परिवारले शव बुझेर घर लगेको र घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित समय १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु