गृहपृष्ठ कैलालीमा ५ वर्षीय बालक अपहरणकारी पक्राउ
कैलालीमा ५ वर्षीय बालक अपहरणकारी पक्राउ
सांकेतिक तस्बिर
कैलालीको कैलारी गाउँपालिकाबाट ५ वर्षीय बालकलाई अपहरण गरी काठमाडौं लैजाँदै गर्दा एक जना पक्राउ परेका छन् । सोमबार बिहान ९ बजे आदर्श माविमा अध्ययनरत बालक छेमाङ चौधरीको अपहरणमा संलग्नलार्इ प्रहरीले पक्राउ गरेको हो ।
अपहरणकारीले छेमाङकी आमा विना चौधरीलाई फोन गर्दै ‘भोलि बिहान काठमाडौं बसपार्कमा भेट्न आउनु, नभए छेमाङलाई मारिदिन्छु’ भन्दै धम्की दिएका थिए ।
कैलारी गाउँपालिका–६ का अध्यक्षबाट बालकको अपहरणका विषयमा प्रहरीलाई जानकारी भएपछि प्रहरीले अपहरणकारीलाई झण्डै नौ घण्टापछि दाङको भालुवाङबाट पक्राउ गरेको हो । अपहरणमा संग्लन गोदावरी नगरपालिका हरैयाका बिर्जु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
अपहरणकारीको फोनको लोकेसनको आधारणमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । २ बजे अपहरणकारीको फोनको लोकेसन हेर्दा बाँकेको शमशेरगन्जमा देखिएपछि प्रहरीले पूर्व-पश्चिम राजमार्गमा खोजतलास बढाएको थियो । अहिले अपहरणकारी र ५ वर्षीय बालकलाई ल्याउन प्रहरी नायब निरीक्षकको टोली कैलालीबाट भालुवाङतर्फ गएको छ ।
प्रकाशित समय १८:४० बजे

















