गृहपृष्ठ डोल्पामा पहिरोले दुई घर पुरियो

डोल्पामा पहिरोले दुई घर पुरियो

pahiro-newskarobar फाइल फाेटाे

डोल्पामा अविरल वर्षासँगै झरेको पहिरोले सोमबार दुई घर पुरिएको छ । तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीयवासी राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएको हो । हरिबहादुर बुढामगरको घर भत्केको छ ।

मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । बस्ती सुरक्षित ठाउँमा सार्न स्थानीवासीले माग गरेका छन् ।
(रासस)

प्रकाशित समय ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु