गृहपृष्ठ यूईएफए वर्षको उत्कृष्ट खेलाडीको सूची सार्वजनिक
यूईएफए वर्षको उत्कृष्ट खेलाडीको सूची सार्वजनिक
युरोपियन फुटबल महासंघले यूईएफए वर्षको उत्कृष्ट खेलाडीको सूची सार्वजनिक गरेको छ ।उत्कृष्ट खेलाडीको सूचीमा रोनाल्डो, लुका मड्रिक र मोहम्मद सलाह रहेका छन् । महासंघले गएराति युभेन्टसका रोनाल्डो, लिभरपुलको, सलाह र रियलका मड्रिकको नाम सार्वजनिक गरेको हो ।
युरोपका ८० प्रशिक्षक र ५५ पत्रकारको मतका आधारमा सार्वजनिक गरिएको हो । तीन खेलाडीमध्ये एकले अवार्ड पाउने छन् । अवार्ड अगष्ट ३० मा च्याम्पियन्स लिगको समूह चरणको ड्र का बेला प्रदान गरिनेछ ।
प्रकाशित समय १०:०७ बजे

















