गृहपृष्ठ महेन्द्रनगर तनावग्रस्त, प्रहरीमाथि ढुंगा प्रहार

महेन्द्रनगर तनावग्रस्त, प्रहरीमाथि ढुंगा प्रहार

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर तनावग्रस्त भएको छ । १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या आरोपमा निर्दोष व्यक्तिलाई पक्राउ गरेको भन्दै उद्योगी व्यवसायीले महेन्द्रनगर बजार बन्द गरेका छन् । बास्तविक हत्यारालाई जोगाउन खोजिएको भन्दै उद्योगी व्यवसायी, स्थानीय र अधिकारकर्मी महिला आन्दोलित भएका हुन् ।

बिहानैदेखि महिला, व्यापारी, स्थानीयबासी चोक–चोकमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।प्रदर्शनका क्रममा आक्रोशित भएका स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त भएको हो ।

प्रहरीले निर्मलाको हत्या गरेको आरोपमा ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्राउ गरि सोमबार सार्वजनिक गरेको थियो । प्रहरीले निर्मलाको हत्या विष्टले गरेको दाबी गरेको छ । तर स्थानीयले भने निर्मलाको हत्या विष्टले नभइ अरुले नै गरेको आरोप लगाएका छन् ।

विष्ट यसअघि पनि आफ्नै भिनाजुको हत्या अभियोगमा २०६५ मा जेल परेका थिए । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र कञ्चनपुर प्रहरीको टोलीले भीमदत्त नगरपालिका १९, बाँगफाँटाका विष्टलाई पक्राउ गरेको हो ।

गत साउन ११ गते हत्या गरेर फालिएको अवस्थामा निर्मला फेला परेकी थिइन् ।

प्रकाशित समय ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु