गृहपृष्ठ निर्मला हत्या प्रकरण : निर्दोषलाई पक्राउ गरेको भन्दै महेन्द्रनगर बन्द

निर्मला हत्या प्रकरण : निर्दोषलाई पक्राउ गरेको भन्दै महेन्द्रनगर बन्द

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या आरोपमा निर्दोष व्यक्तिलाई पक्राउ गरेको भन्दै उद्योगी व्यवसायीले महेन्द्रनगर बजार बन्द गरेका छन् । बन्दका कारण सवारी साधान चलेको छैन भने बजार पनि ठप्प भएको छ । सोमबार प्रहरीले निर्मलाकाे हत्या गरेकाे आरोपमा ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्राउ गरि सार्वजनिक गरेको थियो ।

पक्राउ परेका विष्ट निर्दोष रहेको भन्दै उद्योगी व्यवसायीले महेन्द्रनगर बजार बन्द गरेका हुन् । विष्ट यसअघि पनि आफ्नै भिनाजुको हत्या अभियोगमा २०६५ मा जेल परेका थिए । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र कञ्चनपुर प्रहरीको टोलीले भीमदत्त नगरपालिका १९, बाँगफाँटाका विष्टलाई पक्राउ गरेको हो ।

गत साउन ११ गते हत्या गरेर फालिएको अवस्थामा निर्मला फेला परेकी थिइन् । उनको हत्यापछि कञ्चनपुरमा नागरिक समाज, महिला अधिकारकर्मी लगायतले हत्यारालाई पत्ता लगाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित समय १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु