गृहपृष्ठ बिमस्टेक सम्मेलन : सरकारले यसरी दिँदैछ पाहुनालाई सुरक्षा

बिमस्टेक सम्मेलन : सरकारले यसरी दिँदैछ पाहुनालाई सुरक्षा

बिमस्टेकको चौथो शिखर सम्मेलनमको सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलनमा सहभागी हुन आउने विभिन्न मुलुकका प्रमुखका र विशिष्ट व्यक्तिका लागि दिइने सुरक्षा तयारी पूरा भएको नेपाली सेनाले जनाएको छ । सुरक्षाको मुख्य जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट १८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाली सेनाको कमान्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएका छन् । पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र र चौथोमा राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिने सेनाले जनाएको छ ।

सुरक्षा संवेदनशीलताकै कारण बिहीबार र शुक्रबार काठमाडौं उपत्यकाका विद्यालयमा विदासमेत दिइएको छ । बिहीबार र शुक्रबार दुई दिन काठमाडौंमा हुने सम्मेलनको स्थल, पाहुना बस्ने होटल, उनीहरु आवतजावत हुने क्षेत्रको सुरक्षालाई चुस्त पारिएको छ । त्यस्तो क्षेत्रमा सुरक्षाकमी तैनाथ गरिएको छ ।

भीभीआईपीका लागि सवारी सकर्टिङ गर्नुपर्दा सडक जाम हुने भएपछि जोरविजोर प्रणाली लागू गरिएको छ । बिमस्टेकको सुरक्षाकै लागि फास्टट्रयाकमा करोडौं रुपैयाँका सुरक्षा उपकरण र गाडी खरिद गरिएको छ । करिब २० देखि २५ लाख हाराहारी मूल्य पर्ने चारवटा भेहिकल स्क्यानर, दुईवटा पोर्टेबल स्क्यानर, चारवटा वाक थ्रु गेट नेपाल प्रहरीले खरिद गरेको छ । चारवटा रेडियो रिपिटर सिस्टम, ५० वटा मेटल डिटेक्टर र केही थान गाडी खरिद गरिएको छ ।

विहीबार शुक्रबार हुने सम्मेलनमा भाग लिन तीन राष्ट्रका प्रमुख नेपाल आईसकेका छन् । म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबार आएका छन् । बुधबार भुटानका प्रधानन्यायाधीश एवं अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुक र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आएका छन् । बाँकी तीन राष्ट्रका प्रमुख बिहीबार आउनेछन् । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री जनरल यन ओ चो ं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

यसरी दिइने छ सुरक्षा
पहिलो घेरा : नेपाली सेना
दोस्रो घेरा : नेपाल प्रहरी
तेस्रो घेरा : सशस्त्र प्रहरी
चौथो घेरा : राष्ट्रिय अनुसन्धान विभाग

 

सुरक्षामा प्रयोग हुने प्रविधि
जामर : तीन वटा
गाडी स्क्यानर : चार वटा
पोर्टेबल ब्यागेज स्क्यानर : दुई वटा
वाक थ्रु गेट : २९ वटा
रेडियो रिपिटर सिस्टम : आठ वटा
मेटल डिटेक्टर : करिब डेढ सय

प्रकाशित समय १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु