गृहपृष्ठ विदेशी मिडियाले यसरी कभरेज गरे नेपालले अायाेजना गरेको बिमस्टेक
विदेशी मिडियाले यसरी कभरेज गरे नेपालले अायाेजना गरेको बिमस्टेक
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चाथो शिखर सम्मेलनको समाचार संकलनको लागि सदस्य सबै राष्ट्रबाट मिडियाकर्मी नेपाल आएका छन् । सबै देशका निजी तथा सरकारी टेलिभिजनले शिखर सम्मेलनको प्रत्यक्ष प्रशारण गरेका छन् ।

विशिष्ट महत्व रहेको यस चौथो शिखर सम्मेलन सुरु हुनुअघि देशी विदेशी सबै मिडियालाई समाचार संकलन, संप्रेशण तथा प्रत्यक्ष प्रशारणको चटारो थियो । आयोजक राष्ट्र नेपालका सबैजसो टेलिभिजनले शिखर सम्मेलनको प्रतयक्ष प्रशारण गरेका थिए । त्यसबाहेक सदस्य राष्ट्रहरु बंगलादेश, भारत, म्यान्मार, श्रीलंका थाइल्याण्ड, भुटानका टेलिभिजनकर्मीहरु सम्मेलन सुरु हुने दिन बिहीबार दिनभर प्रत्यक्ष प्रशारणमा व्यस्त रहे । सबै देशका निजी तथा सरकारी समाचार माध्यमबाट प्रतिनिधि आएका छन् । उनीहरु समबन्धित राष्ट्रका प्रमुखसँगै आएका हुन् ।

प्रकाशित समय १७:३४ बजे

















