गृहपृष्ठ महोत्तरीमा विद्युत् चोर्ने २८ पक्राउ

महोत्तरीमा विद्युत् चोर्ने २८ पक्राउ

विद्युत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरीको विभिन्न स्थानबाट २८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको आग्रहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ सदरमुकाम जलेश्वरसहित विभिन्न ठाउँमा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरी ल्याइएको हो ।

पक्राउ परेका व्यक्तिले प्राधिकरणमा जरिवाना बुझाएपछि उनीहरुलाई छाडिने बताइएको छ । प्राधिकरणले विद्युत नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको जनाएको छ ।
(रासस)

प्रकाशित समय १०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु