गृहपृष्ठ बिमस्टेक सम्मेलन आज सकिँदै, यस्तो छ कार्यतालिका

बिमस्टेक सम्मेलन आज सकिँदै, यस्तो छ कार्यतालिका

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौं घोषणापत्र जारी गरी सम्मेलन सकिँदै छ ।

सम्मेलनको दोस्रो सत्र विहान ११.३० बजे सुरु हुने छ । उर्जा आदान प्रदानका लागि ‘ग्रिड इन्टरकनेक्सन’ समझदारी पत्रमा हस्ताक्षर गर्ने सहमति सचिव र मन्त्रीस्तरीय बैठकमा भइसकेको छ ।

ट्रान्सपोर्ट कनेक्टिभिटीको गुरुयोजना निर्माण तथा आतंकबाद र अन्य अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुने छ । त्यसपछी काठमाडौं घोषणापत्र जारी हुने छ ।

घोषणापत्र जारी भएपछि पाँचौ शिखर सम्मेलन आयोजना गर्ने श्रीलंकाको प्रस्तावबारे श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले मन्तव्य राख्ने र पारित गर्ने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री ओलीले समापन मन्तव्य राख्न हुनेछ । समापन हुनुअघि प्रधानमन्त्री ओलीले बिमस्टेकको अध्यक्षता श्रीलंकाका राष्ट्रपति सिरिसेनालाई हस्तान्तरण गर्नेछन् ।

आज नै नेपाल र श्रीलंकाका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनेछ । त्यस क्रममा नेपाल र श्रीलंकाबीच एउटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

त्यसैगरी नेपाल र भारतका प्रधानमन्त्रीबीच पनि द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि रक्सौल–काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुने छ ।

मोदीले भारतीय सहयोगमा पशुपति मन्दिर निर्माण गरिएको धर्मशाला पनि हस्तान्तरण गर्नेछन् ।

बिहान ११ : बिमस्टेकको चौथौ शिखर सम्मेलनको दोस्रो सत्र सुरु
दिउँसो २ बजे : बिमस्टेक सम्मेलन समापन
दिउँसो १ बजे : बंगलादेशका प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने
दिउँसो ४ बजे : थाइल्याण्डका प्रधानमन्त्री प्रयुत व चा स्वदेश फर्किने
दिउँसो ४ बजे : म्यानमारका राष्ट्रपति विन मिन्ट स्वदेश फर्किने
साँझ ६ बजे : भारतीय प्रधनमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कने

प्रकाशित समय ०९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु