गृहपृष्ठ निर्मला हत्या प्रकरणकाे अर्काे तथ्य, ‘वीर्य र रगत प्रहरीले नै पखालेकाे थियाे’
निर्मला हत्या प्रकरणकाे अर्काे तथ्य, ‘वीर्य र रगत प्रहरीले नै पखालेकाे थियाे’
कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वषीृया बालिका निर्मला हत्या प्रकरणबारे नयाँ तथ्य बाहिर आएको छ । हत्यारा जाेगाउन प्रहरीले सुरुबाटै प्रमाण नष्ट गरेको खुलासा भएको हो । यसबारे निर्मलाका मामा केशव भण्डारीले आफूसँग भिडियो प्रमाण रहेको बताएका छन् ।
उनका अनुसार शव भेटिएको उखुबारीमा जमेको पानीमा निर्मलाले लगाएको कपडा प्रहरीले पखालेर प्रमाण नष्ट गरेको हो । ‘बलात्कारपछि कपडामा वीर्य र रगत रहेकाले सो प्रमाण नष्ट गरिएको भिडियो हामीले राखेका छौँ,’ निर्मलाका मामा केशवले भने, ‘पुलिसले बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई जोगाउन सुरु देखि नै प्रमाण नष्ट गरेको हामीले बुझिसकेका छौँ ।’
कपडामा रहेको वीर्य र रगतबाट अपराधी पक्राउ गर्न सहज हुने भए पनि प्रहरी प्रमाण नै नष्ट गर्नतिर केन्द्रित हुनु वास्तविक हत्यारालाई जोगाउने षड्यन्त्र भएको उनले बताए ।
गत साउन १० गते घरबाट निस्किएकी निर्मला ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् ।
प्रकाशित समय १२:३७ बजे