गृहपृष्ठ कञ्चनपुरमा फेरि अर्को बलात्कार, दोषी फरार
कञ्चनपुरमा फेरि अर्को बलात्कार, दोषी फरार
बलात्कारीकाे खाेजी जारी : प्रहरी
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण नसेलाउँदै कञ्चनपुरमा फेरि अर्की किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि बिहीबार राति सामुहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी प्रमुख सुरेन्द्रबहादुर बमले जानकारी दिए । ‘चार जनाले युवकले किशोरीको बलात्कार गरेको पाइएको छ,’ उनले भने, ‘चारै जना फरार रहेको र खोजी कार्य जारी छ ।’
प्रहरीका अनुसार विहिवार राती किशोरीको घरमा पुजा थियो । सोही मौका छोपेर ती किशोरीलाई युवकले सडकमा बोलाएको र त्यसपछि मोटरसाईकलमा राखेर जबदिया गाउँ लगेर बलात्कार गरेका थिए । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षण गराएर इलाका प्रहरी कार्यालय बेल्डाँडीमा राखिएको बताइएको छ । बलात्कारमा संलग्न चारै जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:०९ बजे

















