गृहपृष्ठ मालपोत कार्यालय चाबहिलका अधिकृतसहित तीन जना पक्राउ

मालपोत कार्यालय चाबहिलका अधिकृतसहित तीन जना पक्राउ

प्रहरीले मालपोत कार्यालय चाबहिलका एक अधिकृतसहित तीनजनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठको ४० आना जग्गा जग्गाधनीलाई थाहै नदिइ अर्कैको नाममा पास गरेको आरोपमा प्रहरीले उनीहरुलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मालपोत अधिकृत खगेन्द्रप्रसाद, नासु रञ्जन कुमार र नासु जमुना कुमारी रहेका छन् । चन्दन विष्ठ कायस्थको नाममा रहेको जग्गाको नक्कली से्रस्ता बनाएर बिक्री गरेको पाइएको छ । प्रहरीले यसअघि जग्गा किन्ने र बिक्री गर्ने पाँच जलालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित समय ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु