गृहपृष्ठ शिक्षकको आन्दोलनले प्रदेश २ का सामुदायिक विद्यालय ठप्प

शिक्षकको आन्दोलनले प्रदेश २ का सामुदायिक विद्यालय ठप्प

राहत शिक्षक संघर्ष समितिको आन्दोलनका कारण प्रदेश २ मा सामुदायिक विद्यालय ठप्प भएको छ । राहत शिक्षकलाई स्थायी गर्नुपर्ने, शिक्षक सेवा आयोगले विज्ञापन गर्दा राहत शिक्षकको हकमा उमेर हदबन्दी नलगाउनुपर्ने माग राखेर राहत शिक्षक संघर्ष समिति आन्दोलित भएको हो ।

सरकारले माग सम्बोधन गर्न चासो नदिएकाले विद्यालय नै बन्द गर्न बाध्य भएको शिक्षकहरुको भनाइ छ । माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले चेतावनी दिएका छन् ।

प्रकाशित समय १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु