गृहपृष्ठ हरितालिका तीज एकताको प्रतीक : राष्ट्रपति भण्डारी

हरितालिका तीज एकताको प्रतीक : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज एकताको प्रतीक भएको बताएकी छिन् । शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले तीज सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपाली नारीको महान् पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा पारिवारिक सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता र सद्भावको कामना गरेकी छिन् ।

नेपाली नारीले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि व्रत बसेर भगवान् शिव–पार्वतीको पूजाआराधना गर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजले सबैलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, समन्वय, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले चाडपर्वहरु मनाउँदा तिनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक भएकोमा जोड दिएकी छिन् ।

प्रकाशित समय ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु