गृहपृष्ठ नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि एकतर्फी खुल्यो

नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि एकतर्फी खुल्यो

फाइल तस्बिर ।

पहिरो झरेरअवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुलेको छ । मंगलबारदेखि अवरुद्ध भएको सडक १८ घण्टापछि एकतर्फी खुलेको हो । सो सडकको विभिन्न ठाउँमा ठूलो पहिरो झरेको थियो ।

पहिरो हटाएपछि गएरातिदेखि एकतर्फी खुलेको चितवन प्रहरीले जनाएको छ । पहिरो हटाउने काम भइरहेकाले आज दिउँसोबाट दुईतर्फी नै सडक खुल्ने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रु अलपत्र परेका थिए ।

प्रकाशित समय ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु