गृहपृष्ठ लमजुङ पहिरो अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

लमजुङ पहिरो अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

lamjung_newskarobar

लमजुङको मस्र्याङ्दी–३ अर्खलेमा पहिरोमा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ । बुधबार आएको पहिरामा पहिरोमा बेपत्ता भएका मध्ये एक जानको शव बिहिबार फेला परेसँगै मृत्यु हुनेको संख्या चार पुगेको हो । ७० वर्षीया ललितमाया गुुरुङको शव बिहिबार बिहान फेला परेको हो । अझै एकजना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर बुधबार मस्र्याङ्दी–३ खुदी पल्लोटारीका ६० वर्षीया अभिरुपा थापा, १० वर्षीय सिराक थापा र मस्र्याङदी–४, श्रीचौरीकी अन्दाजी ४५ वर्षीय विष्णु गुरुङको मृत्यु भएको थियो ।

त्यस्तै मस्र्याङ्दीले बगाएका दुईजना अझै बेपत्ता छन् । बेशीशहर नगरपालिका–१० चितिमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाका श्रमिक बलिराम चौधरी र लक्ष्मण थारूलाई मस्र्याङ्दीले बगाएको हो । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु