गृहपृष्ठ निर्मला हत्या प्रकरणबारे गृहमन्त्रीले जवाफ दिने
निर्मला हत्या प्रकरणबारे गृहमन्त्रीले जवाफ दिने
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याबारे सरकारले संसदलाई जनाकारी गराउने भएको छ । बिहिबारको बैठकमा प्रतिपक्ष कांग्रेसले घटनाबारे जानकारी गराउन माग गर्दै संसद बैठक अवरुद्ध गरेपपछि सरकारले घटनाबारे सदनलाई जानकारी गराउने भएको हो ।
शुक्रबारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले घटनाको विषयामा जानकारी गराउने भएपछि कांग्रेसले बैठक चल्न दिएको छ । बैठकमा कानुन मन्त्री भानुभक्त ढकालले छानबिन समितिको प्रतिवेदन आउन बाँकी रहेको भन्दै घटनाका दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रकाशित समय १२:४८ बजे

















