गृहपृष्ठ ‘आईएस एचआइभी’, जोगिन भन्दै एसएमएस आतंक

‘आईएस एचआइभी’, जोगिन भन्दै एसएमएस आतंक

केही दिनयता फेसबुक र मोबाइलमा एउटा एसएमएस भाइरल भएको छ ।

यदि कोही तपाइको घरमा आएर हामि मोडिकल कलेजबाट आएको हो, मधुमेह परीक्षणका लागि तपाईको रगत जाँच गरौ यो निःशुल्क हो । उनिहरु आईएस आतंककारी हुन् । एच.आई.भी भाइरस तपाईको रगतमा मिसाइदिन्छन् । यदि कोही त्यस्तो भन्दै आयो भने तुरुन्त प्रहरीलाई खबर गर्नुहोला ।

यस्तै एसएमएस तपाईकोसम्म पनि पुग्यो होला । केहीबेर झस्किनुभयो कि ? यो एसएमएसले जो कसैलाई पनि सोच्न बाध्य बनाउछ । तर, प्रहरीले भने ट्वीटरमार्फत उक्त सुचना गलत भएको बताएको छ । सो सुचना प्रहरीमार्फत जारी नभएको समेत प्रहरीले स्पष्ट पारेको छ ।

प्रकाशित समय १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु