गृहपृष्ठ मेडिसिटी र मध्यपुर अस्पतालबीच सम्झौता
मेडिसिटी र मध्यपुर अस्पतालबीच सम्झौता
ललितपुरको भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी र भक्तपुरको ठिमीमा अवस्थित मध्यपुर अस्पतालबिच सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिने सहमति भएको छ । मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र मध्यपुर अस्पतालका अध्यक्ष डा. राम कृष्ण श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन स्वास्थ्य संस्थाको समन्वय आवश्यक रहेकाले यो सहमति गरिएको रिमालले बताए । अस्पताल र अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने भएकाले सहमति गरिएको उनले बताए ।
मेडिसिटीसँग सहकार्य गर्ने बाटो फराकिलो बनेकोमा श्रेष्ठले खुशी व्यक्त गरे । ठूलो रकम खर्चिएर विदेशमा उपचार गर्नुभन्दा स्वदेशमै उपचार गर्न र गराउन प्रेरित गराउन यो महत्वपूर्ण अभियान रहनेमा रिमालको विश्वास छ ।
सहमति अनुसार सम्भव भएका उपचार मध्यपुर अस्पतालमै गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीसँग सहकार्य हुने भएको छ ।
प्रकाशित समय १८:१५ बजे

















