गृहपृष्ठ नेपाल–चीन सम्बन्ध परिपक्व छ : राष्ट्रपति भण्डारी

नेपाल–चीन सम्बन्ध परिपक्व छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध निकै परिपक्व भएको बताएकी छन् । ललितपुर महानगरपालिकाले निर्माण गरेको अरनीकोको पूर्ण कदको प्रतिमा आवरण कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल–चीन सम्बन्धलाई प्रागाढ बनाउन नेपाली कलाकार अरनीको (बलवाहु)को पालादेखि नै पहल भएको बताइन् । अहिले दुई मुलुकबीचको सम्बन्ध परिपक्व भएको उनको दाबी छ । नेपालले सदियौँ पहिलेदेखि जनस्तरबाट धार्मिक तथा सांस्कृतिक सम्बन्ध स्थापित गर्न पहल गरेकाले अहिले दुई मुलुकबीचको सम्बन्ध निकै सुमधुर बनेको उनले बताइन् ।

नेपालीको लागि चिनियाँ राजदुत यु होङ्गले अरनीकोको बारेमा आफू राम्रो जानकार रहेको बताइन् । ‘अरनीकोलाई हामी चीनमा आज पनि उति नै सम्मान गर्छौ जति हिजोको शासन कालमा हुन्थ्यो ।’ उनले भनिन् ।

 

प्रकाशित समय १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु