गृहपृष्ठ सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, व्यवसायीसँग झुक्यो सरकार

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, व्यवसायीसँग झुक्यो सरकार

सार्वजनिक यातायातको भाडा बढाइएको छ । दशैंको मुखमा शनिबार यातायात व्यवसायी र सरकारबीच सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने सहमति भएको हो । सरकार र व्यवसायीबीच बैज्ञानिक भाडादर कायम गर्न ३ सदस्यीय समिति गठन गरिएको छ ।

तत्कालका लागि १० प्रतिशित भाडा बढाइएपनि त्यसमा पछि थपघट गरिने सहमति भएको छ । समितिलाई बैज्ञानिक भाडाको प्रतिवेदन तयार पार्न दुई महिनाको समय दिइएको छ । पेट्रोलियम पदार्थको भाउ बढेको भन्दै व्यवसायीले भाडा बढाउनु पर्ने माग राखेर दशैं बुकिङ खोलेका थिएनन् ।

दशैंको मुखमा यातायात व्यवसायीले बार्गेनिङ गर्दा अग्रिम टिकट बुकिङ अन्योल बनेको थियो । दशैं सुरु हुन तीन साता बाँकी हुँदा पनि अग्रिम टिकट बुकिङ खुलेको छैन । अग्रिम टिकट बुकिङ खुल्ने टुंगो नहुँदा यात्रुहरु चिन्तित बनेका थिए । भाडा बढेसँगै व्यवसायीले बुकिङ खुला गर्ने तयारी गरेका छन् ।

यातायात व्यवस्था विभाग र व्यवसायीबीच असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खोल्ने सहमति भएको थियो । तर, आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेपछि व्यवसायीले ४८ घण्टाभित्र मुल्यवृद्धि फिर्ता नलिए बुकिङ नखोल्ने अडान लिएका थिए । सिन्डिकेट तोड्ने निर्णय गरेको सरकार अन्तत यातायात व्यवसायीसँग झुकेको छ ।

प्रकाशित समय ०७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु