गृहपृष्ठ नवलपरासीमा जिप दुर्घटना हुँदा एकको मृत्यु
नवलपरासीमा जिप दुर्घटना हुँदा एकको मृत्यु
नवलपरासीको हुप्सेकोट–४, भैसीघाटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
गए राति लु. १ ज २९२७ नम्बरको जिप पल्टिँदा बलेरो चालक नवलपरासी बौदीकाली-४, हुप्सेकोटका ३५ वर्षीय कृष्ण सुनारीको मृत्यु भएको हो । दुर्घटनामा सहचालक घाइते भएका छन् । घाइतको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:५६ बजे

















