गृहपृष्ठ कावासोतीमा आगलागी, पाँच लाख बराबरको क्षति
कावासोतीमा आगलागी, पाँच लाख बराबरको क्षति
सांकेतिक तस्बिर
नवलपरासीको कावासोतीमा आगलागी भएको छ । आइतबार बिहान कावासोती नगरपालिका–८ मा पूर्णचन्द्र लम्सालको घरमा आगलागी भएको हो ।
आगलागीबाट पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
प्रकाशित समय १०:०२ बजे

















