गृहपृष्ठ दशैंको टिकट बुकिङ मंगलबारबाट खुल्ने

दशैंको टिकट बुकिङ मंगलबारबाट खुल्ने

दशैंको अग्रिम टिकट बुकिङ भोली (मंगलबार) बाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकले भोलि ९ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।

यसअघि असोज ५ देखि बुकिङ खुला गर्ने भनिएपनि सरकारले पेट्रोसलयम पदार्थको मूल्य बढाएपछि व्यवसायीले भाडा बढाउनु पर्ने भन्दै बुकिङ खुला गरेका थिएनन् ।

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउन सरकार सहमत भएपछि यातायात व्यवसायीले मंगलबारबाट बुकिङ खोल्ने भएका हुन् । महासंघका महासचिव सरोज सिटौलाले भाडा बृद्धिको अनुमति पत्र आइसकेकाले मंलबार बिहानबाट बुकिङ खुला हुने बताए ।

अग्रिम टिकट बुकिङ नखुल्दा उपत्यका बाहिर दशै मनाउन जाने यात्रु निरास भएका थिए । दशैंमा काठमाडौंबाट २० लाख भन्दा धेरै नागरिक बाहिर जिल्ला जाने गरेका छन् ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु