गृहपृष्ठ शशांकको अभिव्यक्तिमा अर्जुननरसिंहको आपत्ति
शशांकको अभिव्यक्तिमा अर्जुननरसिंहको आपत्ति
बोलीमा नियन्त्रण गर्न प्रधानमन्त्रीलाई सुझाव
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको आन्तरिक समस्या महाधिवेशनबाट समाधान हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा केसीले यस्तो बताएका हुन् ।
गुट उपगुटका कारण पार्टी कमजोर भएको स्वीकार्दै नेता केसीले भने, ‘महाधिवेशनबाटै कांग्रेस भित्रको आन्तरिक समस्या समाधान हुनुपर्छ ।’ सरकारबाट आएको चुनौतिभन्दा कांग्रेसको आन्तरिक समस्या पहिला समाधान हुनुपर्ने बताएका केसीले नेतामुखी नभई नीतिमुखी कांग्रेस निर्माण हुनुपर्ने टिप्पणी गरे ।
महामन्त्री शशांक कोइरालाले अबको कांग्रेसको नेतृत्व कोइराला परिवारले गर्ने बताएको एक दिनपछि केसीले उक्त भनाई प्रति आपत्ति जनाए । नेतृत्व जसले गरे पनि देशको समस्या समाधान हुनुपर्ने केसीको भनाई थियो ।
सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाउँदै केसीले त्यसको झल्को पाइसकिएको उल्लेख गरे । ओली सरकारले स्वतन्त्र न्यायपालिका र पत्रकारिता क्षेत्रमाथि हस्तक्षेप गरेको बताए । दुई तिहाईको सरकार भएर पनि अपेक्षा अनुरुप काम गर्न नसकेको उनको दावी थियो ।
उनले देशको जिम्वेवार पदमा बसेको व्यतिले किहले अरिंगल त कहिले मौंरी बन्नु भनेर जताभावि बोलेकाले आफ्नो बोलीमा नियन्त्रण गर्न प्रधानमन्त्रीलाई सुझाब दिए ।
यो पनि पढ्नुस्
प्रकाशित समय १५:५३ बजे

















