गृहपृष्ठ चक्कु प्रहारबाट एक घाइते

चक्कु प्रहारबाट एक घाइते

chakuu-newskarobar

नवलपरासीको कावासोती नगरपालिका–१६ हर्वासीका ३० वर्षीया बसन्ती परियार चक्कु प्रहारबाट गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई सोही ठाउँ बस्ने ३७ वर्षीय बिमल सिर्पालीले गए राति चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट उनको छाती र अनुहारमा चोट लागेको छ ।

घाइते परियारको जिल्ला अस्पताल भरतपुरमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने सिर्पालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय ०९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु