गृहपृष्ठ तनहुँमा बस र माइक्रोबस ठोक्किँदा २ को मृत्यु
तनहुँमा बस र माइक्रोबस ठोक्किँदा २ को मृत्यु
८ जना घाइते
पृथ्वीराजमार्ग अन्तग्र्रत तनहुँको म्याग्दे मनहरीमा बस र माइक्रोबस आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस र पोखरातर्फबाट आउँदै गरेको लु १ ख ४१९४ नम्बरको बस ठोक्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । मृत्यु हुनेमा व्याँस–११ की सरस्वती कुँवर रहेकी छन् भने एक महिलाको सनाखत हुन बाँकी छ ।
घाइते माइक्रोबस चालक तुलबहादुर विकसहित ८ जनाको पोखरास्थित गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रकाशित समय ०९:४७ बजे

















