गृहपृष्ठ एसिड आक्रमणबाट मृत्यु भएकी सम्झनाको परिवारलाई ३ लाख राहत
एसिड आक्रमणबाट मृत्यु भएकी सम्झनाको परिवारलाई ३ लाख राहत
प्रदेश २ को सरकारले एसिड आक्रमणबाट मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी सम्झना दासको परिवारलाई राहत दिने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाउ’ योजनाबाट दासको परिवारलाई तीन लाख रकम दिने घोषणा गरेका हुन् ।
मृतककी बहिनी सुस्मिता दासको उपचारका लागि पनि सहयोग गर्ने मुख्यमन्त्रीले घोषणा गरेका हुन् । मुख्यमन्त्री राउतले घटनाका विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशन समेत दिएका छन् । छानबिनका लागि १५ दिनको समय दिइएको छ ।
प्रकाशित समय १०:५९ बजे

















