गृहपृष्ठ महिलामाथि फेरि एसिड अाक्रमण, अवस्था गम्भीर

महिलामाथि फेरि एसिड अाक्रमण, अवस्था गम्भीर

एसिड अाक्रमणबाट मृत्यु भएकी राैतहटकी युवती सम्झनाकुमारी दासको घटना सेलाउन नपाउँदै नवलपरासीमा एक महिलामाथि एसिड र चक्कु प्रहार भएको छ ।

कावासोती नगरपालिका–१६ हर्वासीका ३० वर्षीया बसन्ती परियार एसिड र चक्कु प्रहारबाट गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई सोही ठाउँ बस्ने ३७ वर्षीय बिमल सिर्पालीले बिहे गर्न नमानेको बहानामा गए राति बसन्तीमाथि एसिड र चक्कु प्रहार गरेका थिए । बसन्तीको छाती र अनुहारमा चोट लागेको छ ।

घाइते परियारको जिल्ला अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।  उनको अवस्था गम्भिर रहेको भरतपुर अस्पतालले जनाएको छ । गएराति राति नै उनको अप्रेशन गरिएको छ । अस्पतालका अनुसार उनको दायाँ गालाको हड्डी फुटेको छ । एसिड र चक्कु प्रहार  गर्ने बिमललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका बिमलले घटना आफूले गरेको स्वीकार गरेका छन् ।

 

प्रकाशित समय १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु