गृहपृष्ठ ओखरपौवा तनावग्रस्त, ६ राउण्ड हवाई फायर

ओखरपौवा तनावग्रस्त, ६ राउण्ड हवाई फायर

nuwakot_district-newskarobar

ओखरपौवामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भ्रएपछि तनावग्रस्त भएको छ । मंगलवार दिनैभर नुवाकोटको सिसडोल क्षेत्र तनावग्रस्त भएको छ ।

ककनी गाउँपालिकामा सिसडोलमा सोमबार राति बा ३ ख ३७३० नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय शेरवहादुर वलामीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका हुन् । मृतकका आफन्त तथा स्थानीयले यातायात बन्द गर्नुका साथै तिनपिप्ले–सिसडोल सडकखण्ड ठप्प पारेका थिए ।

प्रहरीले स्थिति नियन्त्रणमा ६ राउण्ड हवाई फायर गरेको स्थानीयले बताएका छन् । मंगलबार दिउँसो नै मृतकको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि स्थानीयले आन्दोलन रोकेका छन् । अहिले सो सडकमा सवारी साधान चलिरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु