गृहपृष्ठ प्रधामन्त्री ओलीको सम्मानमा कोस्टारिकामा रात्रिभोज

प्रधामन्त्री ओलीको सम्मानमा कोस्टारिकामा रात्रिभोज

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका लागि नेपाली महावाणिज्यदूत आना भिक्टोरिया बादिला भीद्वारा आयोजित रात्रिभोजमा सरीक भएका छन् ।

रात्रिभोजमा महावाणिज्यदूत भिक्टोरिया वादिलाले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीका तर्फबाट अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले धन्यवाद ज्ञापन गरे ।

प्रधानमन्त्री ओलीका साथमा पत्नी राधिका तथा प्रतिनिधिमण्डलका सदस्य, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत सहभागी थिए ।  (रासस)

प्रकाशित समय १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु