गृहपृष्ठ प्रदेशसभाद्वारा सिँचाइसम्बन्धी विधेयक पारित

प्रदेशसभाद्वारा सिँचाइसम्बन्धी विधेयक पारित

१ नम्बर प्रदेशसभाले सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आइतबार बसेको प्रदेशसभाको ४८औं बैठकले २३औं विधेयकको रुपमा सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो ।

विधेयकउपर दफावार छलफल गरी प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिले सदनमा प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलसहित विधेयक पारित भएको हो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले पनि सिँचाइसम्बन्धी कानुन बनाउन नसकिरहेको अवस्थामा १ नम्बर प्रदेशले सर्वसम्मतिले उक्त विधेयक पास गरेर सफलता हासिल गरेको बताए ।

प्रदेशसभाले यसअघि २२ वटा विधेयक पारित गरिसकेको छ । प्रदेशसभाको पहिलो अधिवेशनले १० वटा विधेयक पारित गरेको थियो भने दोस्रो अधिवेशनबाट १३ वटा विधेयक पारित भएका छन् ।

प्रकाशित समय १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु