गृहपृष्ठ रुखबाट लडेर एक जनाको मृत्यु
रुखबाट लडेर एक जनाको मृत्यु
ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ स्थित हेल्लोक साङ्लेवामा मंगलबार रुखबाट लडेर १ जनाको मृत्यु भएको छ ।
मध्यान्न १२ बजेको समयमा ओखर टिप्न रुखमा चढेको बेला लडेर सिरिजंगा गाउँपालिका–६ मामाङ्खेका ५२ वर्षीय चतुरमान तुम्बाहाम्फे लिम्बुको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय ११:५८ बजे

















