गृहपृष्ठ सुनसरीबाट लागु औषधसहित ३ जना पक्राउ

सुनसरीबाट लागु औषधसहित ३ जना पक्राउ

सुनसरीको धरान उप–महानगरपालिका–८ स्थित भोटेपुलबाट प्रहरीले मंगलबार लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो भोटेपुलमा रोकि राखेको को १७ प २२३३ नम्बरको स्कुटर जाँच गर्ने क्रममा प्रहरीले लागु औषधसहित तीन जनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–८ का २५ वर्षीय सुजन मगर, २८ वर्षीय शुक्र लिम्बु र ३५ वर्षीय शुसिल थापा मगर रहेका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट डाइलेक्स डिसी ८ बोतल, स्पास्मोप्रोक्सिभन १ हजार ३ सय ६८ एम्पुल प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धआन भईरहेको प्रदेश प्रहरी कार्यालय विरानगरले जनाएको छ ।

प्रकाशित समय १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु