गृहपृष्ठ प्रदेश समन्वय परिषद्को बैठक विराटनगरमा सुरु
प्रदेश समन्वय परिषद्को बैठक विराटनगरमा सुरु
प्रदेश १ को समन्वय परिषद्को प्रथम बैठक विराटनगरमा सुरु भएको छ । प्रदेश सरकारको आयोजनामा परिषद्को प्रथम बैठक सुरु भएको हो ।
बैठकमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०५ बमोजिम प्रदेश तथा स्थानीय तहले गर्ने काम कारवाही, नीतिगत, योजना व्यवस्थापन, रणनीतिक साझेदारी, साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोतसाधनको उपयोग र बाँडफाँडसम्बन्धी विषयमा छलफल हुने छ ।
विराटनगर स्थित होटल एसियाटिकमा जारी बैठकमा प्रदेश १ का १३७ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, १४ जिल्ला समन्वय समितिका प्रमुख र प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको सहभागिता छ ।
प्रकाशित समय १२:०६ बजे
















