गृहपृष्ठ टी-२० विश्वकप एसिया छनोट : म्यानमार ८ विकेटले पराजित

टी-२० विश्वकप एसिया छनोट : म्यानमार ८ विकेटले पराजित

nepali-cricket-newskarobar फाइल तस्बिर

टी-२० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा नेपालले म्यानमारलार्इ ८ विकेटले हराएको छ । म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले २ विकेट गुमाएर भेट्टाएको हो ।

नेपालका लागि करण केसी १४ तथा अनिल शाहले ११ रन बनाए । विनोद भण्डारीले १ रन जोडे भने प्रदिप ऐरी शून्य रनमा आउट भए ।

यसअघि टस हारेर ब्याटिङ गरेको म्यानमारले पूरै विकेट गुमाएर २९ रन जोडेको थियो । म्यानमारका लागि एच लि युङले १६ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । म्यानमारका पाँच खेलाडी शून्य रनमा आउट भए । म्यानमारलार्इ सस्तैमा समेट्ट सन्दीप लामिछानेले चार विकेट लिए ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु