गृहपृष्ठ प्रहरीमाथि नै निगरानी : नागढुंगाका २० प्रहरीको एकसाथ सरुवा

प्रहरीमाथि नै निगरानी : नागढुंगाका २० प्रहरीको एकसाथ सरुवा

nepal police_newskarobar

प्रहरी प्रभाग नागढुंगाका प्रहरी कर्मचारीले आचरणविपरीत काम गरेको भन्दै एकैपटक जवानदेखि सईसम्म गरी २० जनाको सरुवा गरिएकोे छ । उनीहरुलाई प्रहरी हेडक्वार्टर, आयुक्त कार्यालयलगायतमा तानिएको छ ।

आन्तरिक शुद्धीकरण आवश्यक रहेको भन्दै हरेक प्रहरी कार्यालयको निगरानी सुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले नागढुंगा प्रभागका प्रहरी निरीक्षकभन्दा तल्लो दर्जाका प्रहरीले आचरणविपरीत काम गर्ने गरेको रिपोर्ट आएपछि सरुवा गरिएको जनाएको छ । नागढुंगामा प्रहरी निरीक्षक केशवराज भट्ट नेतृत्वको टोली खटिएको थियो । भट्टको भने सरुवा गरिएको छैन ।

केही दिन अघिमात्रै कोटेश्वरका प्रहरीहरु घुससहित रंगेहात पक्राउ परेपछि प्रहरीले आन्तरिक निगरानी सुरु गरेको हो । आइजिपी सर्वेन्द्र खनालले काठमाडौंका एसएसपी वसन्त लामालाई प्रहरी कार्यालयको निरीक्षण गर्न निर्देशन दिएका थिए । नियमित निरीक्षण नगर्दा प्रहरीले आचरणविपरीत काम गरेकाले प्रहरी संगठन नै बदनाम हुन पुगेको प्रहरीको भनाइ छ ।

प्रकाशित समय २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु