गृहपृष्ठ दसैंमा आइएमई पेको स्किम, १० रुपैयाँमा हवाई यात्रा
दसैंमा आइएमई पेको स्किम, १० रुपैयाँमा हवाई यात्रा
आइएमई ग्रुपअन्तर्गत सञ्चालित ‘आइएमई डिजिटल’ द्वारा प्रवर्धित ‘आइएमई पे’ले दसैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ । स्किमअन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पेबाट टिकट खरिद गर्दा १० रुपैयाँमात्र पर्नेछ ।
आइएमई पेबाट टिकट खरिद गर्ने यात्रुमध्ये प्रत्येक दिन ६ जना भाग्यशाली विजेताले १० रुपैयाँबाहेकको अन्य हवाई शुल्क उपहारस्वरूप ‘आइएमई पे’ वालेटमै फिर्ता पाउनेछन् । यो योजना २०७५ असोज १७ गतेदेखि ३१ गतेसम्म गरी १८ दिन कायम हुने कम्पनीले जनाएको छ ।
झन्डै पन्ध्र (१५) हजार एजेन्ट आउटलेट सञ्जाल भएको आइएमई पे आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो । आइएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी पनि हो ।
प्रकाशित समय २०:१९ बजे

















