गृहपृष्ठ चार वर्षपछि जयनगरदेखि जनकपुरसम्म चल्यो रेल

चार वर्षपछि जयनगरदेखि जनकपुरसम्म चल्यो रेल

राजदूत मञ्जीवसिंह पुरीले गरे निरीक्षण

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले निर्माणाधीन जयनगर –जनकपुर रेलमार्ग निरीक्षण गरेका छन । निरीक्षणमा आएका राजदूत पुरी जनकपुर रेल्वे स्टेशनबाट रेल चढेर करिब १० किलोमिटर पूर्वमा पर्ने बैदही स्टेशसनसम्म पुगेका थिए । रेलको चालक कक्षमा बसेर राजदूत पुरीसहित भारतीय विदेश मन्त्रालयका पदाधिकारीहरुले निर्माण कार्यको निरीक्षण गरेका हुन ।

रेल्वे निरिक्षण गरेका राजदुत पुरीले निर्माण गर्न बाँकी कामलाई तीव्रताका साथ समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । मंसिरमा जनकपुरमा हुने रामजानकी विवाह महोत्सको बेलामा भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको रेल्वेको कामको प्रगति र निरीक्षण गर्न राजदूत पुरी त्यहाँ पुगेका हुन् ।

भारत सरकारको आर्थिक सहयोग र नेपाल सकारको समन्वयमा भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ब्रोडगेज रेल निमार्णका काम भई रहेकोमा पहिलो चरणमा जयनगरदेखि जनकपुरकोे कुर्थासम्म ३४ किलोमिटरमा रेल्वे चलाउने रेल्वे निमार्णकर्ता कम्पनी इर्कनले तयारी थालेको छ ।

कम्पनीले हालसम्म रेलमार्गको विस्तारको क्रममा रेल्वे लिगको साथै स्टेशनहरु निर्माण गरेको भएपनि अहिले सिभिलतर्फका केही कामहरु भने सम्पन्न गर्न बाँकी रहेको छ । ३४ किलोमिटर दुरी रहेको जयनगर जनकपुरका कुर्था रेलखण्डमा १७ किलोमिटरसम्म सफल परीक्षण भइसकेको छ । पहिलो चरणमा साउन २३ मा भारतको जयनगरदेखि खजुरी स्टेशनसम्म करिब साढे ८ किलोमिटर र दोस्रो चरणमा खजुरीदेखि दुहबी स्टेशनसम्म ९ किलोमिटर रेलको परीक्षण गरिएको थियो ।

प्रकाशित समय १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु