गृहपृष्ठ कानेपोखरी आगलागी प्रकरण : परिवारले भन्याे नियाेजित हत्या हो

कानेपोखरी आगलागी प्रकरण : परिवारले भन्याे नियाेजित हत्या हो

मोरङको कोनेपोखरी गाउँपालिका–३ हरकपुरमा आगलागीबाट घरसहित एकै परिवारका चार जनाको मृत्यु भएको घटना नियोजित भएको परिवारले दाबी गरेका छन् । पीडित परिवारले काठमाडौंमा पत्रकार सम्मेलन गरेर घटना भवितव्य नभइ नियोजित भएको बताएका हुन् ।

आगालागीबाट ५६ वर्षीय चन्द्रकुमार राई, ८६ वर्षीया गंगामाया, ४९ वर्षीया श्रीमती पार्वता र ४६ वर्षीय बहिनी बिष्णुकुमारीको जलेर मृत्यु भएको थियो । गंगामायाकी छोरी इन्दिराले पत्रकार सम्मेलन गरेर घटना नियोजित भएकाले छानबिन गर्नुपर्ने माग गरिन् । नियोजित रुपमा परिवारको हत्या भएको दाबी गर्दै उनले एक वर्षसम्म पनि न्याय नपाएको गुनासो गरिन् ।

कार्यक्रममा मृतक गंगामाया राईकी छोरी इन्दिरा राईले प्रहरीले घट्नाको सूक्ष्म अनुसन्धान नगर्दा अपराधी खुलेआम घुमिरहेको बताइन् । राज्यले प्रभावकारी रुपमा आफ्नो पीडा नसुनेको बताउँदै उनले भनिन,‘घट्नाको बारेमा गलत जानकारी दिने मानिसमाथि अनुसन्धान नहुनु, प्रहरीलाई घरबाट भाग्ने ठाउँको अभावमा मरेको हुनसक्ने भ्रमपूर्ण जानकारी गराउनुजस्ता कारणले घटना नियोजित हो भन्ने बुझिन्छ ।’

विद्युत सर्ट भएर आगलागी भएको भनि प्रहरीले नै घटना टालटुल गर्न खोजेको पीडित परिवारले गुनासो गरे । आगलागीबाट झण्डै १ करोड ५० लाख बरावरको धनजनको समेत क्षति भएको थियो । २०७४ असोज ४ गते मध्यरातमा आगलागी भएको थियो ।

प्रकाशित समय १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु