गृहपृष्ठ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारका लागि तय बैठक स्थगित भएको छ ।
कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको थियो । आजका लागि तय बैठक असोज २२ गते दिउँसो १ बजे हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा विकसित राजनीतिक घटनाक्रमका लागि बैठक बोलाएको मुख्यसचिव पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई समेत बोलाइएको थियो ।
प्रकाशित समय ०९:०८ बजे

















